Sajhamanch Archive

रामदेवको पतञ्जलीले भन्यो – कोरोनाको औषधि बनेको दाबी गरेका छैनौं, हामीमाथि षडयन्त्र भयो

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । योग गुरु रामदेवको पतञ्जली आयुर्वेदले यसअघि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको थियो । तर अहिले बोली फेरिएको छ । उत्तराखण्ड आयुष विभागले स्पष्टीकरण सोधेपछि त्यसको जवाफमा पतञ्जलीले कोरोनाको औषधि बनेको दाबी नगरेको जवाफ फर्काएको छ ।

यसअघि बाबा रामदेवले २३ जुनमा भनेका थिए, ‘पतञ्जलीले जयपुरको निम्स विश्वविद्यालयसँग मिलेर कोरोनाको औषधि बनाएको छ ।’

तर अहिले पतञ्जलीको जवाफ फरक छ । ‘हामीले भनेका थियौँ कि एक औषधि बनेको छ, जसले कोरोनाका बिरामी पनि ठीक भएका छन्,’ पतञ्जलीका सिईओ आचार्य बालकृष्णले दिएको स्पष्टीकरणमा उल्लेख छ,‘ हामीले कहिल्यै औषधीले कोरोना ठिक वा नियन्त्रित हुने दाबी गरेका छैनौँ ।’ बालकृष्णका अनुसार यस विषयमा योजनाबद्ध रुपमा भ्रम फैलाउनगरी षड्यन्त्र रचिएको छ ।

उत्तराखण्ड आयुर्वेद विभागका लाइसेन्स अधिकारी वाईएस रावतका अनुसार पतञ्जलीले दिएको स्पष्टीकरणमा कोरोना किटको नामबाट कुनै किट प्याक ननिकालेको दाबी गरिएको छ । पतञ्जलीका अनुसार केवल दिव्य कोरोनिल ट्याबलेट, दिव्य अणु तेल र स्वासारी वुटीलाई प्याक गरिएको छ । रावतका अनुसार अब पतञ्जलीलाई कोरोना किटबाट भाइरसको चित्र हटाउन भनिनेछ ।

कोरोनाको औषधिका विषयमा नैनीताल हाईकोर्टमा पनि पतञ्जली आयुर्वेदविरुद्ध उजूरी दर्ता भएको छ । घटनाको सुनुवाई गर्दै अदालतले केन्द्र सरकारका नाममा नोटिस जारी गरेको छ । असिस्टेन्ट सोलिसिटर जनरल अफ इन्डियालाई बुधबार हुने सुनुवाइमा उपस्थित भएर यस मामिलामा केन्द्र सरकारको धारणा राख्न आदेश दिइएको छ ।

स्रोत :  दैनिक भास्कर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *