Sajhamanch Archive

कनकाईमा पहिलो पटक फक्तालुङ्ग एजुकेशनले सुरु गर्यो अनलाइन कक्षा

Published: (Updated: ) in शिक्षा, समाज by .

विर्तामोड । फक्तालुङ्ग  एजुकेसन फाउन्डेसनले अनलाइन मार्फत पठनपाठन शुरू गरेको छ।

कन्काइ नगरपालिका ७ मा रहेको बिद्यालयले नगर मै पहिलो पटक अनलाइन कक्षा संचालन गरेको प्रध्यानाध्यापक ओम बिक्रम नेम्वाङ जानकारी दिए।

सरकारले असार १ गतेबाट बैकल्पिक माध्यमबाट पठनपाठक शुरु गर्न निर्देशन दिएको थियो ।

फाउन्डेसनले भने बैशाखबाटै फेशबुक र अन्य सामाजिक संजालको प्रयोगबाट विद्यार्थीहरु लाई किताबी ज्ञान दिदै आएको छ। बिद्यालयले कक्षा ८ देखि १० सम्मलाई जुमको प्रयोग गरेको र सो मुनिका विद्यार्थीलाई सामाजिक संजाल र एप्सको प्रयोगबाट गरिएको सिकाइमा ८० प्रतिशत भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने गरेका छन् ।