Sajhamanch Archive

हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयाैँ प्रदर्शनकारी पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । हङकङमा २३ औँ स्वतन्त्रता दिवस मनाउन भेला भएका कैयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

बेलायतले हङकङ चीनलाई फिर्ता दिएको २३ वर्ष पुगेको अवसरमा खुसीयाली मनाउन निस्केका स्वतन्त्रताको झण्डा बोकेका एक जनासहित कैयौँलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उनीहरुले चीनले हङकङमा यही मङ्गलबारदेखि लागू गरेको नयाँ कानुन विपरीत क्रियाकलाप गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रदर्शन गर्न भेला भएका मानिसलाई भगाउन अश्रु ग्यासको प्रयोग गरेको खबरमा उल्लेख छ । सन् १९९७ मा बेलायतले हङकङ चीनलाई जिम्मा लगाउँदा ५० वर्षसम्म हङकङबासीलाई स्वतन्त्रता दिने सम्झौता रहेको भए पनि चीनले २३ वर्षमै हङकङको स्वतन्त्रता खोसेको भन्दै त्यहाँका नागरिकले विरोध गरेका छन् ।

चीनले लागू गरेको नयाँ सुरक्षा कानुन उल्लङ्घन गरेमा हङकङका नागरिकले आजीवन जेल सजाय भोग्नुपर्ने बीबीसीले जनाएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राष्ट्रिय सुरक्षामा रहेको भ्वाङ टालेको भन्दै त्यो कानुनको प्रतिरक्षा गरेकी छिन् भने विपक्षी सांसद टेड हुईले चीनले लागू गरेको कानुनले आफूहरुको न्यायिक स्वतन्त्रता अन्त्य भएको बताएका छन् ।

बेलायत, युरोपेली सङ्घ र नेटोले चीनले ल्याएको नयाँ कानुनलाई लिएर चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *