Sajhamanch Archive

बुधबारे जेसीजद्वारा क्वारेन्टाइनमा बस्नेलाई खाना खुवाउन ११ हजार सहयोग

Published: (Updated: ) in समाज by .

बुद्धशान्ति । बुधबारे जेसीजले कोरोना भाइरस ( कोभिड- १९) को विषम परिस्थितिमा क्वारेन्टाइनमा बस्ने नागरिकलाई मध्यनजर गर्दै खाजा खाना वापतको रकम सहयोग गरेको छ ।

बुधबारे जेसीजले एकदिनको खाजा खाना बराबरको ११ हजार ५ सय रुपैयाँ रकम क्वारेन्टाइन स्थलमै गएर हस्तान्तरण गरिएको अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताएका छन् ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, वडा नम्बर १ का वडाध्यक्ष भिमकुमार नेवार, ३ का वडाध्यक्ष कमल उप्रेतीलाई बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राई,पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी,कार्यकारीणि उपाध्यक्ष गजुहाङ योङ्हाङ,सचिव अनिल वाग्ले लगायतले रकम हस्तान्तरण गरेका थिए ।

लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *