Sajhamanch Archive

प्रधानमन्त्री ओली अस्पतालमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्।

मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्। गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो। प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको जानकारी दिए।

‘कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइनु, उनले भने, ‘यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन।’ बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *