Sajhamanch Archive

प्रदेश नं.१ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश नं. १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक-एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं. १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५ पुगेको छ ।

अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *