Sajhamanch Archive

स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

मोरङ । सडकमा गुडिरहेको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा  नंं.१६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ ।

बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति ११ः३० बजे विराटनगर महानगरपालिका वडा  नंं.१५ रानीमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतलाई न्युरो अस्पताल ल्याइएकोको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *