Sajhamanch Archive

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,पाँचजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठराई गाउँपालिका वडा नं.५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन । हिजो बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरीतर्फ जाने क्रममा १० मिटर तल खस्दा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

ट्याक्टरमा रहेका अन्य ५ जना घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *