Sajhamanch Archive

‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि’ का लागि ४४ करोड ४८ लाख ८५ हजार

Published: in मुख्य समाचार, स्थानीय तह by .

हल्दिबारी । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित वार्षिक बजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरेको छ ।

दोश्रो गाउँसभाबाट पारित गरिएको तथा आ.व. २०७४/०७५ मा प्रस्तावित सो बजेट संशोधनसहित आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन गरिएको हो ।

‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल नारा लिएर एकीकृत गाउँ विकासको अवधारणसहित बजेट तयार पारिएको छ ।

जसमा पूर्वको पर्यटकीय स्थल हल्दिबारीको जलथल अभियानमा चारकोशे जंगल पर्यटन केन्द्र बनाउने गरी प्राकृतिक चिडियाघर, जंगल अवलोकनका लागि केवलकार, होमस्टे, भूकम्प प्रतिरोधी एकैखाले घर निर्माण गर्ने योजना अघि सारिएको छ ।

उज्यालो गाउँपालिका, प्राविधिक शिक्षा प्रोत्साहन कार्यक्रम, महिला, बालबालिका संरक्षण, फलफूल उत्पादनमा जनसहभागिताका लागि एकघर एक फलफूलको बोट अवधारणा पनि गाउँपालिकाले अघि सारेको कार्यक्रममा परेका छन् ।

यस्तै गाउँपालिकाले कृषि, पर्यटन, सन्तुलित पाकृतिक श्रोत परिचालन, गुणस्तरीय शिक्षाका लागि सीपमा आधारित शिक्षाजस्ता जनपक्षीय योजनाको नीति तय गरी बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का संसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट लेखा अधिकृत दिपकचन्द्र आचार्य, खरिदार नारायण दाहाललाई नगदसहित सम्मान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पूर्व सभासद मोहन टुडु, प्रदेशसभा सांसद पूर्णसिंह राजवंशी, नेकपाका प्रतिनिधि नविन मैनाली, जग्गादाता सरोज थापालगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *