Sajhamanch Archive

थप २३२ जनामा कोरोना,संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो । आज थपिएका २३२ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।  प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *