Sajhamanch Archive

महासंघले भन्यो– ‘ यातायात सञ्चालन गर्ने निर्णय भएको छैन्

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौ । आइतबारबाट सार्वजनिक यातायात सञ्चालन हुने बताइएपनि यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले बताएको छ । महासंघका जिम्मेवार व्यक्तीले आजबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुने बताएपछि सामाचार प्रकाशित भएको थियो । तर महासघंले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको हो ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासघंका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासघंले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ । महासघं र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *