Sajhamanch Archive

विश्वमा कोरोना स् संक्रमितको संख्या एक करोड १३ लाख

Published: in विश्व समाचार, स्वास्थ्य by .

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८८ हजार ९ सय कोरोना संक्रमित फेलापरेसँगै संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ४ सय ७८ पुगेको हो ।

कोरोना विश्वको २१३ देशका फैलिएको छ । वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार एकसय ११ जनाले ज्यान गुमाएका छन । यो सँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८ सय ५६ पुगेको छ ।

कोरोना संक्रमित मध्ये ६४ लाख ३० हजार कोरोना संक्रमण मुक्त भएका छन । ४४ लाख ८ हजार उपचार गराइरहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *