Sajhamanch Archive

वाईफाईको तार मिलाउन खोज्दा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

Published: in समाज by .

विराटनगर । वाइफाई जडानको तार मिलाउने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका– ९ का ३२ बर्षीय खेमबहादुर भुजेलको पोलमा वाईफाईको तार मिलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनकी श्रीमती घाइते भएकी छन ।शनिबार अपरान्ह ५ बजे घर अगाडि रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

सोही घटनामा घाईते भएकी भुजेलकी ३० वर्षीया श्रीमती कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *