Sajhamanch Archive

पहिले मापसे, त्यसपछि नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

 काठमाडौं । प्रहरीले सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्ट छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीका अनुसार पीडितले खबर गरेलगत्तै शनिबार राति नै उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महिला पसल सञ्चालन गर्छिन् ।

शनिबार सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थ समेत दिएर दुई जनाले आफूमाथि करणी गरेको पीडित महिलाको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *