नेकपा विवाद नजिकबाट नियालिरहेका छौँ : कांग्रेस
Published:
by .काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरद्वन्द्वलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भए पनि कुनै पनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसङ्गमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उनले बताए ।
स्रोत : उज्यालो
Comments