Sajhamanch Archive

कमलका २४ जना फरक क्षमता भएका मानिसलाई सहायक सामग्री प्रदान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा कमल अपाङ्गता समितिको समन्वयमा फरक क्षमता भएका यहाँका २४ जनालाई सहायक सामग्री प्रदान गरिएको छ ।

दैनिक जीवन निर्वाहका लागि आवश्यक पर्ने सहायक सामग्री गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले हस्थान्तरण गरेकी हुन् । वितरण गरिएका सामग्रीहरुमा ६ थान ह्वीलचेयर, ३ थान विशेष ह्वीलचेयर, हेयररिङ्गेट, ह्वाइट क्यान, बैशाकी, एल्बोकर्चेज लगायत छन् ।

कमल अपाङ्गता समितिका अध्यक्ष मृगेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष काफ्ले, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुवास श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, २ नम्वर वडाध्यक्ष तारानाथ न्यौपाने, ४ नम्वर वडाध्यक्ष प्रेमबहादुर राई लगायतको सहभागिता थियो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई कमल अपांगता समितिका उपाध्यक्ष टंक बरालले शाब्दिक स्वगत गरेका थिए भने महिला तथा बालबालिका शाखाका कर्मचारी प्रकाश बाँस्कोटाल कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *