११७ स्थानीय तहमा अझै पुगेनन् बैंक
Published: (Updated: )
by .काठमाडौं । असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्याउने केन्द्रीय बैंकको निर्देशन भए पनि ११७ वटामा अझै बैंक पुगेका छैनन्।
आवश्यक पूर्वाधार नभएकोलगायतका कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार सबैं बैंकको निर्देशनअनुसार सबै बैंकहरूले तोकिएको स्थानमा शाखा खोलेका भए गत असारमै ७५३ स्थानीय तहमा बैंक पुग्ने थिए।
तर, यथार्थमा यस्तो देखिएन ।आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले चासो नदिँदा पनि शाखा स्थापना गर्न समस्या भएको जानकारहरू बताउँछन्। विद्यमान कानुनी व्यवस्थाअनुसार सरकारी कारोबारका लागि वाणिज्य बैंक नै हुनुपर्छ। सोही कारण गत आर्थिक वर्षको बजेट वक्तव्यमार्फत हरेक स्थानीय तहमा बैंक पुर्याउने घोषणा गरेको थियो। यही कारण राष्ट्र बैंकले पनि विभिन्न किसिमका सुविधासहित स्थानीय तहमा शाखा स्थापना गर्न बैंकहरूलाई प्रोत्साहन गरेको थियो।
कान्तिपुर दैनिकबाट ।
Comments