Sajhamanch Archive

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

विदेशबाट नेपाल फर्किएकाहरुको उद्दारमा खटिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेस छन् ।

वायुसेवा निगमले ‘उद्दार उडान’मा क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाइएको थियो । क्याविन क्रु मेम्बरहरुलाई सोल्टी होटलमा अलगै राखेको थियो ।

तर होटलमा बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेका होटल स्रोतले बताएको छ । संक्रमितहरुलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *