Sajhamanch Archive

मस्क लगाउन उत्प्रेरित गर्दै शिखर साकोसले निकाल्यो र्याली (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । यहाँस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार बिहान बिर्तामोड नगर परिक्रमासहित मुख्य सडक खण्डमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक प्रदर्शन गरेको छ ।

सचेतनामुलक नारा लेखिएको विभिन्न प्लेकार्ड तथा ब्यानर लिएर संस्थाको कार्यालय परिसरबाट सुरु भएको र्यालीले सहरका भित्री भागमा पुगेर पसल सञ्चालक तथा क्रेताहरुलाई मास्क लगाउन सचेत गराएको हो ।

भित्री बजारको परिक्रमा पछि मुक्तिचोक पश्चिमतर्फ महेन्द्र राजमार्गमा यात्रारत सवारी चालक र यात्रुलाई मास्क लगाउन सुझाव दिइएको छ । सो अवसरमा साझामञ्चसँग कुरा गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालले हिजोमात्र गृहमन्त्रालयले घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेकाले आज सचेत गराइएको बताए ।

‘अटेर गरेमा भोलिदेखि कारावाहीको तहमा जानुपर्ने हुन्छ’ डिएसपी रिजालले भने, ‘आज सडकमा नै निस्केर सबैलाई आग्रह गरेका छौं, मास्क नभएकालाई निशुल्क दिएका पनि छौं, भोलिदेखि यो छुट कसैलाई हुने छैन ।’

कार्यक्रम आयोजक शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले महामारी दिनहुँ बढिरहेको तर लकडाउन दिनप्रतिदिन खुकुलो हुँदै गएकाले सुरक्षाका दृष्टिकोणले मास्क न्यूनतम आवश्यकता ठहर गरी सचेतना बढाउन कार्यक्रम गरिएको बताउँछन् ।

र्यालीसहितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोलाः

https://www.facebook.com/watch/?v=300897804427106

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *