Sajhamanch Archive

पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत भेटिए

Published: in मिडियाबाट साभार, समाज by .

झापा । पाँचथर, लमजुङ र बाँकेमा तीनजना मृत अवस्थामा फेला परेका छन् । पाँचथर, याङवरक गाउँपालिका वडा नं. ४ थर्पु घर भई फिदिम नगरपालिका वडा नं.१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, मध्यनेपाल नगरपालिका वडा नं.५ सर्दी खोलास्थित खेतमा सोही नगरपालिका वडा नं.४ सानो कुमालगाउँ बस्ने ६४ वर्षीय इन्द्रबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका वडा नं.९ ढकेरी बजारमा नाम, थर नखुलेका ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *