Sajhamanch Archive

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्। यो सहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

त्यस्तै २४ घण्टामा ६ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित ७ हजार ४ सय ९९ जना निको भइ घर फर्किएका छन्। हालसम्म ४६.४ प्रतिशत निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *