Sajhamanch Archive

प्रदेश १ मा नौ कोरोना संक्रमित थपिए, सात जना डिस्चार्ज

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ । मंगलबार नौ संक्रमित थपिएका छन् । सातजना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

मोरङमा ६, सुनसरीमा दुई र झापामा एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा दुई महिला, चार पुरुष, सुनसरीको धरानमा एक महिला, एक पुरुष र झापाको बाह्रदशीका एक पुरुष छन् ।

प्रदेश १ बाट मंगलबार सातजना डिस्चार्ज भएका छन् । कोसी अस्पताल (कोभिड -१९) उपचार केन्द्रमा उपचाररत चार पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा मोरङका चार र सुनसरीका तीनजना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य ध्रुव उरावले जानकारी दिए ।

डिस्चार्ज हुनेहरू ६ वर्षीयादेखि ५० वर्ष उमेरसम्मका छन् ।  प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४७९ पुगेको छ ।

स्रोत : बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *