Sajhamanch Archive

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त, बिहीबारदेखि कार्यभार सम्हाल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय लिएको हो।

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो। आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए। आईजिपी नियुक्तिसँगै रिक्त हुने एआईजीपीको दुई पदमा डिआईजीपीहरू निरज शाही, प्रद्युम्‍न कार्की र विश्‍वराज पोखरेल छन् ।

तीन डिआईजीपी मध्येबाट जो एआईजीपी हुन्छ, तिनैमध्ये एकजना २०७९ वैशाखमा प्रहरी महानिरीक्षक बन्‍नेछन्। डिआईजीपीहरू शाही, कार्की र पोखरेलमध्ये दुईजना असार २५ पछि एआईजिपी बन्‍नेछन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *