Sajhamanch Archive

निको भएर घर फर्किनेलाई अपमान गरे सरकारले कारबाही गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरूलाई गाउँ-घरमा कसैले अपमानको व्‍यवहार गरे सरकारले कारबाही गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले आइसोलेशनमा बसेर निको भएका व्यक्तिलाई टोल वा समाजमा प्रवेश गर्दा अपमान सहनु परेको गुनासो आउने गरेको जानकारी दिए।

कोरोना संकट विश्‍वव्‍यापी समस्‍या रहेकोले यसलाई गम्भीर रूपमा लिन पनि उनको आग्रह छ। ‘यदि कसैले कोरोना लागेर निको भएर घर फर्किएका व्यक्तिलाई अपमान गर्छ भने उसलाई कानुनअनुसार कारबाही हुन्छ’, प्रवक्ता डा. गौतमले भने, ‘कोरोना संकट विश्वभर रहेकाले यसलाई गम्भीर रुपमा लिन पनि आग्रह गर्दछु।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *