Sajhamanch Archive

प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २-२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला र ४ जना पुरुष, बिर्तामोड र हल्दिबारीमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरीका २ जना पुरुष, तेह्रथुमको लालीगुराँसमा एक जना पुरुष, ताप्लेजुङको फुङलिङमा एक जना महिला र एक जना पुरुष, इलामको सन्दकपुरमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

४९ जना डिस्चार्ज

प्रदेश १ बाट बुधबार ४९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । डिस्चार्ज भएकामा ३९ जना पुरुष र १० जना महिला छन् । डिस्चार्ज भएकाहरु झापा, मोरङ, सुनसरी र इलामका हुन् ।

बुधबार ४९ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *