Sajhamanch Archive

बल्ल आयो मेचीनगरको बजेट, नीति तथा कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । छैटौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस (कोभिड १९)–ले पाररेको प्रभाव र निराकरणका लागि विशेष कार्यक्रम पेश गरिएको छ ।

आर्थिक समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई विशेष फोकस गरेर कार्यक्रम बनाइएको छ । धुलाबारीको स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल र मेची आम्दा हस्पिटललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने नगरको स्वास्थ्य नीति रहेको छ ।

नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा आयोजित छैठौ नगरसभामा उपप्रमुख मीना पोखररेल उप्रेतीले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । स्थानीय सरकार सञ्चालनको अभ्यास, नगर योजनामा प्राथमिकता, योजना छनौट, नीति तथा कार्यक्रम स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, लागत सहभागिता सम्बन्धी नीतिलाई नगरका प्रमुख नीतिहरुका रुपमा राखिएको छ ।

प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको आतिथ्यमा नगर कार्यपालिकाका पदाधिकारीहरु, वडाध्यक्ष र नगर सदस्यहरूको उपस्थितिमा १७ पृष्ठ लामो वार्षिक नगरर विकास योजना पेश गरिएको हो । अनेकन चुनौतीहरुलार्ई सम्बोधन गदैं नगरको विकास, सुशासन र समृद्घिको यात्रालाई निरन्तरता दिने मूल ध्येयका साथ वार्षिक नगर विकास नीति तथा कार्यक्रम नगररसभा समक्ष पेश गरिएको हो ।

नगरपालिकाको सभाकक्षमा सम्पन्न नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति कार्यक्रममा नगरपालिकाले चालुु आर्थिक वर्षमा सवारी साधन, यान्त्रिक साधन, आइटीका सामान, फर्निचर, सजावटका सामग्री आदि खरिद नगर्ने, नगरपालिकाबाट एक लाखभन्दा माथिको रकमको बिल भर्पाइ भुक्तानी हुनुभन्दा एक दिन अघि नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेर मात्र भुक्तानी प्रक्रिया अघि बढाउने नयाँ नीति लिएको छ ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भन्ने सरकारी सदाचारी नीतिलाई अवलम्बन गर्दै मेचीनगरले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको नीति र कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले सञ्चालन गरेको कार्यक्रममा प्रदेश १ का सांसद् श्रीप्रसाद मैनालीले नगरको विकासका लागि आफ्नो तर्फबाट यथेष्ट सहयोग रहने वचनवद्धता दोहोर्याएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *