Sajhamanch Archive

शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाहरुलाई सर्वेक्षण गर्दा राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइएको पाएपछि नगरले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको हो ।

बुधबार नगरमा एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरप्रवक्ता नविन इजमले जानकारी दिए ।

१६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाहरुले ११ प्रकारका रोग विरुद्धका खोप ९ सय ५४ जना बालबालिकाले प्राप्त शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ती बालबालिका मध्ये ८ सय ८७ जनाले समय मै खोप पाएका थिए । बाँकी ७१ जनालाई असार ११ देखि १६ गतेसम्म खोप लगाएर सुन्यमा झारिएको स्वास्थ्य शाखा संयोजक हरी बिमलीले जानकारी दिए ।

नगरका स्वास्थ्यकर्मीले बालबालिकाहरुको खोप समय मै खोप लगाउने विषयमा सम्वेदनशील हुनु पर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । उनले एक जना पनि बालबालिका खोप लगाउन छुट्न नहुने भन्दै यदी कुनै कारण बस खोप लगाउन छुटे त्यसको दोस स्वास्थ्यकर्मी माथि आउने भएकाले स्वाथ्य कर्मीले सम्वेदशील भएर काम गर्न सुझाए ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य अधिकृत ईश्वरी पौडेलले सबै प्रकारका रोगको निर्मुल गर्न बालबालिकालाई खोप अनिवार्य भएको बताए । उनले शिवसताक्षी नगरमा एक जना पनि खोप लगाउन बाँकी बालबालिका नभएकोले पूर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गरिएको बताए ।

गएको ०७३ असार २५ गते झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *