Sajhamanch Archive

बिहीबार थपिए १ सय ८ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्‍म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *