Sajhamanch Archive

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं.८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालक दोलखा जिरीका २४ वर्षिय नवराज कार्कीको मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नंको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब १०० मिटर तल खसेको उनले बताए ।

स्रोत पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *