Sajhamanch Archive

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७३९ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १९६ जनाको उपचार भइराखेको छ भने ५ सय ४३ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा भने दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा चार हजार दुई सय ६२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दुई हजार २४ जना उपचार गराइरहेका छन् भने २२ सय ३४ जनाले कोरोना जितेका छन्। यो प्रदेशमा ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी बागमती प्रदेशमा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४ सय २९ जनाको उपचार भइराखेको छ भने २८७ जनाले कोरोना जितेका छन्। बागमतीमा मात्र कोरोनाले ६ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा १२ सय २२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ८६२ जनाको उपचार भइराखेको छ भने ३५५ जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशमा कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएका छन्।

प्रदेश ५ मा अहिलेसम्म चार हजार ३३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १७ सय २७ जनाको उपचार भइराखेको छ भने २२ सय ९६ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ९ जनामा संक्रमण पुष्टि भएको यो प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्।

यस्तै, कर्णाली प्रदेशमा संक्रमितको संख्या १६ सय ४७ पुगेको छ। जसमध्ये ४०५ जनाको उपचार भइराखेको छ भने १२ सय ३८ जनाको डिस्चार्ज भएको छ। अहिलेसम्म ४ जनाले ज्यान गुमाएको यो प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म तीन हजार ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २९ सय ६२ जनाको उपचार भइराखेको छ भने ९ सय ३८ जना डिस्चार्ज भएका छन्। कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएको यो प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

स्रोत : अन्नपूर्ण पोस्ट्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *