Sajhamanch Archive

मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै अमदोउको निधनको औपचारिक जानकारी दिएका छन्, उनले आफ्नो देश शोकमा रहेको विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको थियो ।

राष्ट्रपति अलेस्येनले ३० वर्षभन्दा लामो अवधिमा प्रधानमन्त्री अमदोउ आफ्ना नजिकका सहयात्री रहेको बताए । ६१ वर्षीय अमदोउ यसै वर्ष अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ पार्टीबाट उम्मेदवार चयन भएका थिए ।

दुई महिनासम्म उपचारका क्रममा फ्रान्स बसेपछि भर्खरै उनी स्वदेश फर्किएका थिए । ट्वीटरमा राष्ट्रपति अलेस्यनले लेखेका छन्, ‘इमानदारी, समर्पण र देशप्रति माया भएका यी नेताको संझनामा म सलाम गर्छु ।’ अमदोउकी श्रीमती र पाँच छोराछोरी छन् ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *