Sajhamanch Archive

बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाख ९३ हजार

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्दै सो बराबरको बजेट तयार गरिएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता भगवती शर्मा न्यौपानेले बताइन्।

गाउँपालिका प्रवक्ता न्यौपानेका अनुसार बुद्धशान्तिको साविक शान्तिनगर गाविस क्षेत्रमा टमाटर सस उद्योग सञ्चालन गर्ने गरी ५० लाख, साविक बुधबारे गाविस क्षेत्रमा सुपारी प्रशोधन उद्योग निर्माणका लागि ५० लाख रुपैँया र सात बटै वडामा सडक कालोपत्रे गर्न ३०/३० लाख रुपैँया विनियोजन गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले सो बजेटको स्रोतका रुपमा संघ समानिकरण १३ करोड ५५ लाख, प्रदेश समानिकरण ७३ लाख ९८ हजार, संघ राजश्व बाँडफाँड ८ करोड ११ लाख ३७ हजार ६ सय २ रुपैँया, प्रदेश राजश्व बाँडफाँड ४९ लाख ४० हजार, सशर्त १९ करोड ९७ लाख, आन्तरिक स्रोत ११ करोड १२ लाख १७ हजार ८ सय ३० रुपैँया प्राप्त हुने अपेक्षा राखेको छ ।

गाउँपालिकाले आव २०७७/७८ मा पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए ।

बजेटमा वडा नम्बर १ लाई १ करोड ६ लाख, वडा नम्बर २ मा १ करोड १२ लाख, वडा नम्बर ३ मा १ करोड ६ लाख, वडा नम्बर ४ मा १ करोड ५ लाख, ५ र ६ मा ९५ लाख र ७ नम्बर वडामा ८१ लाख रुपैँया विनियोजन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *