सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० वटा ढोका खुला
Published:
by .विराटनगर । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । कोशीमा पानीको बहाव बढ्दो क्रममा छ ।
कन्ट्रोल रुमका अनुसार पानीको बहाव बढेपछि कोशीमा रहेका ५६ वटा ढोका मध्ये ३० वटा ढोका खोलिएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।
Comments