Sajhamanch Archive

अनलाइनमा झुक्किएर २८ वटा कार किनेपछि‘

Published: in रोचक कुरा / टिप्स by .

जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो । अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले अर्डर गर्न पुगे ।

सोसल मिडिया प्लाटर्फम रेडिटबाट सार्वजनिक भएको उक्त घटना अहिले विश्वका धेरै मिडियाहरुमा छाइरहेको छ । नहोस् पनि किन १४ लाख युरोका २८ वटा टेस्ला कार एकजना मानिसले एकैचोटी अर्डर गरेको सायद इतिहासमै पहिलो पटक थियो ।

उक्त घटनाको बारेमा उनै व्यक्तिका छोराले रेडिटमा पहिलोपटक लेखेका थिए । टेस्ला कम्पनीको वेबसाइटमा आएको गडबडीका कारण एउटा कार अर्डर गर्दा २८ वटा अर्डर भएको रहेछ । वेबसाइटमार्फत खरिद गर्दा कन्फर्म बटनमा क्लिक गर्दा खरिद कार्य सम्पन्न भएको मेसेज आएन । त्यसैले उनले पटक(पटक कन्फर्म बटन क्लिक गरे । त्यसरी खरिद गर्दा २८ पटक क्लिक भएछ जसका कारण उनीबाट २८ वटा कार अर्डर भएछन् ।

एकचोटी अनलाइनबाट खरिद गरिसकेपछि त्यस्ता कारको रकम फिर्ता नदिने नियम छ टेस्लाको । तर ती जर्मन व्यक्तिको हकमा चाहिँ टेस्लाले आफ्नो नियम नै बदलिदियो । उनका २७ वटा कारको अर्डर रद्द मात्र गरिदिएन प्रतिकार २८ सय युरो धरौटी तथा १ सय युरो थप रकमसमेत फिर्ता गरिदियो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *