Sajhamanch Archive

शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ ।  प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८०११ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८०६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९१० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६०३ रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *