स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता
Published: (Updated: )
by .मित्रता थरीथरीका हुन्छन् । कतिपय मित्रता निस्वार्थ हुन्छन् । स्वार्थ र अपेक्षा यस्तो तत्व हो, जसले मित्रतालाई दुई चिरा पार्छ ।
जबकी कतिपय मित्रता भने यही दुई तत्वको कारण जोडिन्छ । अर्थात आपसी स्वार्थ र अपेक्षाले दुई फरक व्यक्तिलाई एउटै अंगालोमा बाँधिदिन्छ ।
हामीकहाँ मित्रतालाई पवित्र एवं हार्दिकतापूर्ण सम्बन्ध मानिन्छ । एकअर्कासँग खुसी साट्न र दुःख बाढ्नका लागि मित्रताको खाँचो औंल्याइन्छ । जब जब मित्रताको प्रसंग आउँछ, कृष्णजी र सुदामाको कथा स्मरण हुन्छ । मित्रतामा न जात, न भूगोल, न उमेर, न बर्ग हेरिन्छ ।
तर, आधुनिक समाजमा मित्रताको आयम र परिभाषा बद्लिदै गएको छ । पछिल्लो समय त स्वार्थसहितको मित्रताले अरु मौलाउने मौका पाएको छ । खासगरी शारीरिक सुखभोग प्राप्त गर्ने उदेश्यले यस्तो मित्रता जोडिने गरिन्छ । यसमा दुबैको स्वार्थ एकै हुन्छ । आपसी स्वार्थ मिलेकाले नै उनीहरु पनि एकाकार हुन्छन् ।
एक चलचित्रले बदलेको परिभाषा
एक हलिउड चलचित्र, जसले मित्रताको आयम फरक ढंगले पेश गरिदियो । चलचित्र नाम, फ्रेन्ड्स विथ बेनिफिट्स ।
सन् २०११ जस्टिन टिम्बरलेक र मिल्ला कुनिस अभिनित यो चलचित्रबाट वैंशालु जोडी थप उक्सिए । उनीहरुमा कस्तो मनोविज्ञान विकास भयो भने, मित्रताबाट शारीरिक सम्बन्धको फाइदा लिन सकिन्छ ।
हुन त यस किसिमको सम्बन्ध विगतमा पनि हुन्थ्यो । शारीरिक सुखभोगकै लागि कतिपयले मित्रताको साइनो जोड्थे । मित्रताको आडमा उनीहरु केवल शारीरिक सुखभोग गर्थे । तर, यसलाई उनीहरुले सकेसम्म लुकाउने यत्न गर्थे । अहिले भने कतिपयले खुलेरै यस किसिमको मित्रता गाँस्ने गरेका छ्न ।
मित्रताको सर्त र स्वार्थ
खासगरी विपरित लिंगी साथी बनाउने । नजिक हुने । शारीरिक सुखभोग लिने । उनीहरुको सम्बन्ध यतिमै सीमित हुन्छ । यसमा उनीहरुको भावना जोडिदैन । त्यसैले यस्तो मित्रता जोडिनु र तोडिनुले पनि कुनै असर गर्दैन ।
यसमा दुबै पार्टनरको स्वार्थ र सर्त त्यती नै हो । अर्थात दुबै शारीरिक सम्बन्ध स्थापित गर्नकै लागि मित्रता जोड्छन् । यसलाई साथी हुनुको फाइदा भन्ने गरिन्छ ।
मित्रतामा स्वार्थ हुँदैन भन्ने धारणा विपरित यस किसिमको सम्बन्धमा सर्तहरु लागु गरिन्छ ।
हुन त यो पश्चिमा संस्कृतिको उपज हो । किनभने त्यहाँको समाज यौनमा उदार छन् । उनीहरु वान नाइट स्टेदेखि क्याजुअल सेक्ससम्म खुला छन् । तर, यस्तो सम्बन्धमा पुरुषहरु बढी रुची राख्छन् । लन्डन विस्कौन्सिक यू क्लेयर युनिभर्सिटीबाट ४ सय वयस्कमाथि गरिएको एक सोधमा थाहा भयो कि, पुरुष र महिलाको वीच जब मित्रता हुन्छ, त्यसमा अक्सरले पुरुषहरु शारीरिक सुखभोगको इच्छा राखिरहेका हुन्छन् ।
पुरुषहरु सहज सेक्स र एक्स्ट्रा म्यारिटल अफेयरको चाहनामा अफिस, छिमेकी र अनलाइनमा समेत त्यस्ता सम्बन्ध खोजिरहेका हुन्छन्, जोसँग शारीरिक सुख भोग गर्न पाइन्छ । जब उनीहरुको इच्छा पुरा हुँदैन, तब आफ्ना साथीसँग फ्रेन्ड्स विथ बेनिफिट्सकोको रुपमा सेक्स सम्बन्ध बनाउने सर्त राख्छन् । यस्तोमा कतिपय साथी भने सर्त स्विकार्न तयार हुँदैनन् ।
हुन त यस किसिमको सम्बन्ध बनाउन पुरुष मात्र अगाडि सर्ने होइन । महिला पनि फ्रेन्ड्स विथ बेनिफिट्सको आडमा सेक्सुअल फ्रिडम खोज्छन् । यसमा अक्सर त्यही महिला हुन्छन्, जो बिग्रदो दाम्पत्यको शिकार भएका हुन्छन् वा डिभोर्सी ।
यौनको इच्छा पुरा गर्नका लागि कुनै अनजान व्यक्तिसँग डेटमा जाने भन्दा पनि आफुले चिनेजानेकै साथीसँग यौनबाट तृप्त हुने इच्छा राख्छन् ।
यस किसिमको सम्बन्ध भावनात्मक हुँदैन, शारीरिक मात्र हुन्छ । साथै यसमा कुनै प्रतिवद्धता, हस्तक्षेप हुँदैन ।
तर, डराउनुपर्छ
हामीकहाँ यौनका कुरालाई गोप्य राख्नुपर्छ भनिन्छ । तर, शारीरिक सुखभोगकै लाग साथी बनाउने र सम्बन्ध स्थापित गर्ने प्रवृत्तिले गोपनियता र विश्वासलाई ठाउँ दिदैन । कुनैपनि बेला यस्तो सम्बन्धले जोखिममा पु¥याउन सक्छ ।
जस्तो, यस्तो सम्बन्ध असुरक्षित हुन्छ । यसले गर्भ रहनेदेखि यौनजन्य संक्रमण सर्ने भय रहन्छ । महिला साथीले चित्त नबुझाएको अवस्थामा शारीरिक शोषण भएको आरोप लगाउन सक्छन् । पुरुष साथीले गोप्य रुपमा वा सहमतिमै भिडयो खिचेर सार्वजनिक गरिदिन सक्छन् ।
स्रोत : अनलाइनखबर
Comments