Sajhamanch Archive

बिर्तामोडमा विभिन्न संस्थाद्वारा सर्जिकल मास्क वितरण

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।

बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क प्रदान गरिएको थियो । मनोजकुमार साहको संयोजकत्वमा भएको कार्यक्रममा पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको थियो ।

नेपाल सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेपछि लायन्सले जनचेतना जगाउन र मास्क प्रयोगका बारे सचेतना कार्यक्रम गरेको अध्यक्ष घनश्याम चौधरीले बताए । लायन्सले यसअघि पनि कोरोनाबाट जोगिन विभिन्न सचेतना कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, रिजन चियर पर्सन ओमकृष्ण बिमलीले लायन्सले गरेको चेतनामुलक कार्यक्रमको प्रशंसा गरेका थिए । उनीहरुले यस्ता कार्यक्रम अरु संघ–संस्थाले पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव उपेन्द्र बानियाँले गरेका थिए ।

यसैबीच, आजै महिला चेम्बर अफ कमर्स झापाले पनि सडकमा हिड्ने यात्रुलाई निःशुल्क मास्क वितरण गरेको छ ।

मास्कको प्रयोगबारे सचेतना जगाउने उद्देश्यले मास्क नलगाई सडकमा हिड्ने सबैलाई मास्क वितरण गरिएको महिला चेम्बर अफ कमर्सका झापा अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिइन् ।

महिला चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा मास्क प्रयोगको सम्बन्धमा सचेतनामुलक कार्यक्रमसहित मास्क वितरण गरिएको हो ।

सो कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्दप्रसाद रिजाल लगायतले स्वास्थ्यसँग जोडिएको मास्क लगाउनुपर्ने विषयमा सबैले सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्य माथि आयोजक संस्थाका अध्यक्ष भट्टराईले प्रकाश पारेकी थिइन् भने सञ्चालन महासचिव शर्मिला शाक्यले गरेकी थिइन् ।

महिला चेम्बर अफ कमर्शको आयोजनामा चेम्बर अफ कमर्स, इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा पैदल यात्रु र सवारी साधनमा मास्क नलगाई हिड्ने ८०० जनाभन्दा बढी यात्रुलाई मास्क वितरण गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *