Sajhamanch Archive

शनिबार थपिए ७० जना कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १६ जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा ७ जना र सदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८४४२ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ३ हजार ६४८ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २४ हजार ९७ जना रहेका छन् भने आइसोलेसनमा ८ हजार २३९ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *