Sajhamanch Archive

दाउरा खोजेर फर्किएका दम्पती नदीमा बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by .

बर्दिया । बबई नदीमा बगेर बर्दियाका दुई जना बेपत्ता भएका छन्। ठाकुरबाबा नगरपालिका वडा नं. ४ का एक दम्पती बेपत्ता भएका हुन्। उक्त नगर ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र २६ वर्षीय राजकुमारी हराइरहेका बर्दिया प्रहरीले जनाएको छ।

बबई नदी किनारमा रहेका दाउरा संकलन गरी घर फर्कने क्रममा नदीमा बगेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीको खैलार बनकट्टीघाट नजिक शनिबार बिहानबाट उनीहरु बेपत्ता भएका हुन्।

नदीमा बगेको स्थानीय बाख्रा चराउनेहरुले देखेपछि प्रहरीलाई खबर गरेका र बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *