Sajhamanch Archive

पार्टी विवादमा प्रचण्डले भने- मैले हतार गरेको भए के हुन्थ्यो भन्न सक्दिन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

पार्टीमा विवाद चर्किरहेका बेला गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु समेत रहेको बताए । वाम वामबन्धन गरेका तत्कालीन दुई दलले पार्टी एकता गर्ने संकल्पका साथ साझा उम्मेदवार र घोषणापत्र बनाएर जनतामा गएको र त्यसलाई असाधारण विश्वास गरेर दुई तिहाई नजिक बहुमत दिएको बताए ।

यसलाई कसैले कमजोर पार्न नहुने भन्दै उनले भने, ‘पार्टीको एउटा अध्यक्ष र तपाईहरुको जनप्रतिनिधिको हैसियतले देश र पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिन अन्मिमसम्म धर्यतमापूवर्क पहल गर्ने विश्वास दिलाउँछु ।’

पछिल्लो समय नेकपामा प्रचण्डसँग माधवकुमार नेपाल, झलनाथ दनालसहितका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दबाब दिएका थिए । तर ओलीले दुबै पद नछाड्ने बताएपछि नेकपा फुटको संघारमा पुगेको मानिएको थियो । प्रचण्डले त्यसतर्फ संकेत गर्दै भने, ‘मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ ।’

पार्टीमा संकत देखिएको र यसलाई हल गर्न सहज पनि नभएको उनले बताए । तर कुनै न कुनै समझदारी र सहमति हुने संकेत मिलेको भन्दै उनले भने, जतिसुकै अप्ठ्यारो भएपनि हल निक्लिन्छ भन्ने विश्वास मैले लिएको छु । र, अर्को अध्यक्षसँग भएको वार्ताको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’

सडक आन्दोलन तथा धर्नातिर संकेत गर्दै उनले अरु नेता कार्यकर्ताले पनि हतार गरेर कुनै खालको गतिविधि जरुरी नरहेको बताए । हतारमा गरे फुर्सदमा पछाउनुपर्ने भन्दै उनले कार्यकर्तालाई भनेका छन्, ‘पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन्नुस् । पार्टीका कार्यदिशा, विधानको पक्षमा उभिनुस् ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *