Sajhamanch Archive

शिवसताक्षीका महिलाहरुलाई आत्मनिर्भर बनाउन झोला बनाउने तालिम

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४७ जना महिलाहरुले झोला बनाउने तालिम लिएका छन् । वडा भित्रका महिलाहरुलाई सीप सँगै आत्मनिर्भर बनाउने उद्देश्यले वडाले तालिम दिएको हो ।

झोला बनाउने बनाउने तालिम लिएपछि आफुहरुलाई उद्यम सँग जोड्न मद्दत पुगेको सहभागी दिपा खतिवडाले बताईन् । शनिबार उक्त तालिमको समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाकी उप प्रमुख भोज कुमारी नेपालले महिलाहरुले सिकेका तालिमहरु उद्यम सँग जोड्नु पर्ने र त्यसका लागी नगरपालिका साथमा रहेको बताइन् । उनले तालिम लिई सकेका महिला दिदीबहिनीहरुले यसलाई व्यवहारमा उर्तानु पर्ने सुझाइन् । सधैको तालिममा भन्दा अहिले दिएको तालिममा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

उनले भने, पछिल्लो समय महिलाहरु दिदी बहिनीहरुले सीप सिकेर आत्मनिर्भर बन्ने तत्परता देखाउनु भएको छ, यो सकारात्मक पक्ष हो । यसको लागि वडाको सहयोग सधै रहने उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *