Sajhamanch Archive

एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस

Published: in खेलकुद by .

काठमाडौं । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को विकेट पतन हुनुभएको कप्तान पारस खड्काले बताएका छन् ।

नेदरल्यान्ड्ससँग नेपाल ५५ रन पराजित हुदै गर्भिलो इतिहास बनाउनबाट चुकेको थियो ।

इएसपीएनक्रिकइन्फोलाई कप्तान खड्काले लक्ष्य सानो भएपनि राम्रो खेल्दा खेल्दै हार्न पुगेको बताए । कप्तान खड्काले भनेका छन्, “मैले र ज्ञानुले १८–१९ ओभरसम्म खेल्दा हामी निकै बलियो स्थितिमा थियौं । हामीले कन्ट्रोल गरिरहेका थियौ । त्यसपछि म आउट भएसँगै एकपछि अर्को विकेट गिरेपछि ५५ रनले पराजित हुन पुगेको हो ।”

कप्तान खड्काले थपे “आशा गरौ अर्को खेलमा हामी राम्रो प्रदर्शन गर्दै जित्नेछौं ।

नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक खेलमा नेपालले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए ।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सलाई १८९ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *