Sajhamanch Archive

थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा २ जना, कर्णाली प्रदेशमा २१ जना र सदूरपश्चिम प्रदेशमा ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १४७ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ८५८९ जना डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ७८४ जना रहेका छन् भने आइसोलेसनमा ८ हजार १७४ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *