Sajhamanch Archive

पहिरोले घर पुर्दा एकै परिवारका पाँच बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by .

तनहुँ  । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा आइतबार राति गएको पहिरोमा परी एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।

पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक चन थापाले जानकारी दिए ।

अहिले रिसिङ प्रहरी चौकीबाट उद्धारका लागि टोली खटिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

स्रोत : कान्तिपुर दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *