Sajhamanch Archive

प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

विराटनगर ।  प्रदेश १ बाट थप २२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ७१ पुगेको छ ।

स्रोत  : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *