Sajhamanch Archive

सलहको झुण्ड प्युठान पुग्यो

Published: in विविधा by .

बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ ।

हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो । त्यो झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँहरुमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको छ ।

निर्देशनालयकी वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले भनिन्, ‘हिजो प्रवेश गरेको सलह आज बिहानै प्युठानका अधिकांश ठाउँहरुका पुगेको छ । त्यो फरक फरक झुण्ड बनाउँदै हिँडेको छ, कति समय बस्ने एकिन गर्न सकिँदैन ।’

प्युठान पुगेको सलह रोल्पा अर्घाखाँचीतिर जाने सम्भवान रहेको छ । अहिले आएको सहलले किसान लगाएको मकैबालीमा क्षति पुर्याएको छ । प्युठानका किसानहरुले सहल धपाउन भाडा ठटाउने, धुँवा लगाउने काम गरिरहेका छन् । आज प्युठान क्षेत्रका घाम लागेकोले सहल अन्यत्र जान पनि सक्ने अधिकृत अधिकारीको भनाइ छ । यसअघि आएको सलहले कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीमा प्रवेश गर्दै क्षति पुर्याएको थियो ।

हिजो प्रवेश गरेको सलहले कति क्षति गर्यो भन्ने विवरण स्थानीय तह मार्फत प्रदेशको कृषि मन्त्रालयले संकलन गरिहेको छ ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *