Sajhamanch Archive

प्रधानमन्त्री ओलीले तुलसीलाललाई सम्झिए

Published: in राजनीति by .

ललितपुर । आज साउन १७ गते, नेपालको कम्युनिस्ट आन्दोलनका पुराना एक योद्धा तुलसीलाल अमात्यको २१औं स्मृति दिवस । वाम आन्दोलनका यी पुराना नेताको नाममा स्थापित प्रतिष्ठानले आज विशेष कार्यक्रम गरेर उनलाई सम्झेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यक्रममा सहभागी भएर उनको स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न तुलसीलाल अमात्यको पनि महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार नेपालीका सुखको चाहना पूरा गर्न प्रयासरत रहेको पनि जनाएका छन् । प्राकृतिक स्रोत, साधन र परम्पराले धनी भएको देशका जनता गरीब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाई छ ।

“सरकार हरेक क्षेत्रलाई उत्पादनसँग जोड्न चाहन्छ । उत्पादनमा आधुनिकीकरणका माध्यमबाट उत्पादकत्व वृद्धि गरी उपभोगमा पनि सामाजिक न्यायसहितको प्रवन्ध गरिनेछ” प्रधानमन्त्रीले भनेका छन् ।

समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्रीले समान अधिकार, समान अवसर, समान सुरक्षा र समान आत्मसम्मान प्राप्त भएमात्र सुख प्राप्त हुने प्रधानमन्त्रीको भनाई छ ।

केही–केही राजनीतिक पार्टीहरु विचारमा प्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्ला फिंजाउँदै हिंडेको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

“यस्ता हल्लालाई जनताले तिरस्कार गर्छन्” भन्दै प्रधानमन्त्री ओलीले “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर सरकारको विरोधमा नेता कार्यकर्तालाई अल्मल्याएको” टिप्पणी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *