Sajhamanch Archive

बुद्धशान्तिमा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण

Published: in समाज, स्थानीय तह by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज कोरोना सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सावधानीका विषयमा थप सचेत पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा मास्क नलगाउने दुई दर्जन बढीलाई सचेत गराउँदै केहि बेर प्रहरीले सडकमा उब्याएको थियो  ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरलले कोरोनाबाट जोगिन सबैले सावधानीका उपाय अवलम्बन गर्नु पर्ने बताए । मास्क नलगाई घर बाहिर निस्किएको देखा परेमा कानुनी कार्वाही समेत हुन सक्ने भन्दै प्रहरीलाई कडाइका साथ निगरानी बढाउन निर्देशन पनि दिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबारेको बालुवाटारमा गरिएको कार्यक्रमको अध्यक्षता बुद्धशान्ति गाउँपालिकाका अधिकृत मदन कँडेलले गरेका थिए ।

मास्क नलगाई आएका तथा राजमार्गमा मास्क नलगाई सवारी चलाईरहेका केहीलाई रोकेर केही समय गोलो सर्कलमा उभ्याई मास्कको प्रयोगका बारेमा जानकारी गराइएको कार्यक्रममा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सहआयोजक जोइन्ट हेन्ड युथ सोसाईटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनिएको औषधी करिब ३ सय परिवारलाई वितरण हुने गरि निशुल्क उपलब्ध गराएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष संजिल प्रसाईले बताए ।

त्यस्तै, बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले दुई सय बढीलाई निशुल्क मास्क वितरण गरिएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा भएको कार्यक्रममा जोइन्ट हेन्ड युथ सोसाइटी, बुधबारे जेसीज, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, ईलाका प्रहरी कार्यालय बुद्धशान्ति, चन्द्र सूर्य युवा क्लब संयुक्त रुपमा सह-आयोजक रहेका थिए ।

जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष तथा बुधबारे जेसीजका सचीव अनिल वाग्लेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिका महासचिव पूर्ण संजेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *