Sajhamanch Archive

नेपाली पोर्न साइट चलाएको अभियोगमा एक जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशारण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय करोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *