Sajhamanch Archive

रियल उपाधिबाट एक जित टाढा

Published: in खेलकुद by .

एजेन्सी । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ४ अंकको अग्रता बनाएको छ ।

ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले एक गोल फर्काए ।

जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये एक खेल जितेमा उपाधि जित्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *